काठमाडौं । अमेरिकन एथलेटिक्स खेलाडी क्रिस्टियन कोलम्यानलाई २ वर्षको प्रतिबन्ध लागेको छ । प्रतिबन्धित औषधि प्रयोग (एन्टी-डोपिङ) उलंघन गरेको आरोपमा विश्व एथलेटिक्सको इन्टिग्रिटी युनिटले कोलम्यानलाई २ वर्षको प्रतिबन्ध लगाएको हो ।

एथलेटिक्सको १ सय मिटरको विश्व च्याम्पियन कोलम्यानले १२ महिनामा तीन पटक डोपिङ परिक्षण गराउन असफल भएका थिए ।
एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भए एथलेटिक्सको एन्टी डोपिङ नियम उलंघन गरेको मानिन्छ ।
२४ वर्षीय कोलम्यानलाई गत मे महिनामै अस्थायी निलम्बन गरिएको थियो । दुई वर्षको प्रतिबन्धसँगै कोलम्यानले जापानमा आयोजना हुने टोकियो ओलम्पिक गुमाउने भएका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया