ज्याक माको कम्पनीले विश्वकै ठूलो आइपीओ ल्याउँदै

काठमाडौं । चिनियाँ अर्बपति व्यापारी ज्याक माको फाइनटेक कम्पनी आन्टले ३४ अर्ब डलरको आईपीओ जारी गर्ने तयारी शुरु गरेको छ । उक्त कम्पनीले जारी गर्ने आईपीओ संसारमै अहिलेसम्मकै ठूलो हुने ब्लुमबर्गले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

यसअघि साउदीको सरकारी स्वामित्वको कम्पनी अराम्कोले गत डिसेम्बरमा हालसम्मकै ठूलो आईपीओ जारी गरेर २९ अर्ब डलर उठाएको थियो ।

अलिबाबाको अध्यक्षबाट राजीनामा दिएका ज्याक माले अहिले आन्ट ग्रूपको नेतृत्व गरिरहेका छन् । उनी चीनमा धनीको सूचीमा पहिलो नम्बरमा छन् भने संसारका धनीहरुमध्ये १७ औं नम्बरमा पर्छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार उनीसँग ६१ अर्ब डलरको सम्पत्ति रहेको छ ।

आईपीओ जारी गरेपछि फाइन टेक कम्पनी आन्टको पूँजी ३१५ अर्ब डलर पुग्ने छ । कम्पनीले गत सोमवार आईपीओका लागि रकम तोकेको हो, अर्को महीनादेखि उसको शेयरको कारोबार हुने छ । ज्याक माकै अर्को कम्पनी अलिबाबाले आन्ट ग्रूपमा झन्डै ३३ प्रतिशत शेयर पु¥याउने भएको छ । त्यसका उसले ७३० मिलियन डलरको शेयर किन्ने सहमति पनि गरेको छ । (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?