भारतको अर्थतन्त्र यस वर्ष ऋणात्मक हुने

नयाँदिल्ली । आर्थिक बर्ष २०२०/२१ मा भारतको कुल गृर्हास्त उत्पादन (जीडीपी) ऋणात्मक हुने बताइएको छ । सेराविकको इन्डियन इनर्जी फोरमलाई संवोधन गर्दै भारतीय वित्तमन्त्री र्निमला सितारमणले जीडीपी ऋणात्मक वा शुन्यको हाराहारीमा हुने बताएकी हुन् ।

कोरोना संक्रमण फैलिएपछि सर्वसाधारणको स्वास्थय जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको कारण सरकारले मार्च २५ देखि देशभरी कडा ’लकडाउन’ गर्नु परेको थियो । लकडाउनका कारण ठप्प अर्थब्यवस्थाका कारण ठूलो आर्थिक क्षति पुगेको उनले बताइन् ।

भारतमा सबैभन्दा ठूलो चाड ’दिवाली’ का कारण ठूलो मात्रामा खरीदबिक्री बढेर बजार चलायमान हुने अनुमान सरकारको छ । यही कारण आर्थिक बर्ष २०२०/२१ को तेस्रो र चौथो त्रैमासमा जीडीपी ऋणात्मकबाट धनात्मक हुने पनि उल्लेख गरेकि छिन् ।

’यो बर्ष शुन्य वा ऋणात्मक हुन्छ । तर आर्थिक बर्ष २०२१/२२ मा अर्थतन्त्रमा तीब्र सुधार हुन्छ’ सीतारमणले भनिन्, ’सरकार पनि सार्वजनिक खर्च बढाएर आर्थिक गतिविधिमा तीब्रता दिन लागि परेको छ ।’
सीतारमणले २०२० अप्रिल/अगस्टमा पछिल्लो बर्षको तुलनामा १३ प्रतिशत बढि प्रत्यक्ष बैदेशिक लगानी भित्रिएको बताइन । उनले सन्सारकै सबैभन्दा कम कर्पोरेट ट्याक्स भारत रहेको बताइन्।

देशको उत्पादन क्षेत्रमा हुने लगानीमा १५ प्रतिशत मात्र कर्पोरेट ट्याक्स लगाइने र यो कम करमा पर्नका लागि लगानीकर्ताले पनि २०२३ मार्च ३१ सम्म उत्पादन सुरु गरिसक्नु पर्ने शर्त रहेको छ । (एजेन्सीको सहयोगमा )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?