बुधवार अधिकांश विदेशीमुद्राको भाउ घट्यो, आज कुन मुद्रा कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं । नेपाली बजारमा बुधवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११८ रुपैयाँ २४ पैसामा कारोबार भइरहेको छ । यस्तै मंगलवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६८ पैसा तोकेको छ । मंगलवार १ यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४० रुपैयाँ ०५ पैसामा कारोबार भएको थियो ।

बुधवार यू.के पाउन्ड स्टर्लीङ १ को खरिददर १५३ रुपैयाँ १४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ । एक दिन अगाडि मंगलवार यू.के पाउन्ड स्टर्लीङ १ को खरिददर १५३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५४ रुपैयाँ २२ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ८१ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१२ रुपैयाँ २ पैसा र बिक्रीदर ३१३ रुपैयाँ ६१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?