कस्तो रहला आगामी ३ दिनको मौसम ?

काठमाडौं । हाल पहाडी भूभागमा आंशिक बदली रहेपनि देशका अन्य बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधवार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाएको छ ।

यस्तै राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने अन्य स्थानमा मौसम सफा रहनेछ ।

यसैगरी बिहीवार र शुक्रवार पनि मौसम केही स्थानमा बदलीबाहेक सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?