अमेरिकामा ९० लाख पुगे संक्रमित, मंगलवार ह्वात्तै बढे संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख ७१ हजार २७४ जनाको मृत्यु भईसकेको छ भने ४ करोड ४२ लाख ३५ हजार ९१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड २४ लाख ४३ हजार ५२ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७९ हजार ८८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा हालसम्म २ लाख ३२ हजार ८४ जनाको मृत्यु भईसकेको छ भने ९० लाख ३८ हजार ३० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५८ लाख ७७ हजार ९६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २९ लाख २७ हजार ९८२ जनाको उपचार भईरहेको छ । त्यस्तै १६ हजार ७६१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको टेक्सासमा हालसम्म १८ हजार १९२ जनाको मृत्यु भएको छ भने ९ लाख २७ हजार ५१८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा १७ हजार ४७८ जनाको मृत्यु भएको छ भने ९ लाख १६ हजार ७३७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ७ लाख ८६ हजार ३११ जनालाई संक्रमण भएको छ भने १६ हजार ५१० जनाको मृत्यु भएको छ ।

अमेरिकामा मंगलवार ७५ हजार ७२ जना संक्रमित थपिएका छन् भने १ हजार ३९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?