काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४७ औँ म्याचमा अहिले सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबीच खेल भईरहेको छ ।
टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २१९ रन बनाएको छ । २२० रनको विजय लक्ष्य पाएको दिल्लीले अहिले ब्याटिङ थालेको छ । दिल्लीले २ ओभरमा १४ रन बनाउँदै २ विकेट गुमाएको छ ।
दिल्लीका शिखर धवन मार्कस स्टोनिस आउट भएका हुन् ।शिखर धवनले कुनै रन जोड्न सकेनन् भने र्मासले ५ रन बनाएर आउट भएका छन् ।
हैदराबादका लागि क्याप्टेन डेभिड वार्नरले ३४ बलमा ६६ रन, ऋद्धिमान साहाले ४५ बलमा ८७ रन, मनिष पाण्डेले ३१ बलमा नट आउट ४४ रन र केन विलियम्सनले नट आउट ११ रनको योगदान दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया