हैदराबादले दिल्लीलाई सीजनकै सबैभन्दा ठूलो लक्ष्य दियो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४७ औँ म्याचमा अहिले सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबीच खेल भईरहेको छ ।

टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा २ विकेटको क्ष्तिमा २१९ रन बनाएको छ ।

२२० रनको विजय लक्ष्य पाएको दिल्लीले अबको केहि बेरमा ब्याटिङ थाल्नेछ ।

हैदराबादका लागि क्याप्टेन डेभिड वार्नरले ३४ बलमा ६६ रन, ऋद्धिमान साहाले ४५ बलमा ८७ रन, मनिष पाण्डेले ३१ बलमा नट आउट ४४ रन र केन विलियम्सनले नट आउट ११ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?