मेचीनगर प्रमुख कोरोना उपचारका लागि भारत

झापा । मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलिगुढी लगिएको छ ।

कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलसन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए ।

मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि आज साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?