रिलिज हुन नसकेका शाहरुख खानका यी ५ फिल्म !

काठमाडौं । बलिउड किंग शाहरुख खानका फ्यानहरु सारा विश्वमा नै छन् । उनको फिल्मको प्रतिक्षामा फ्यानहरु जहिल्यै बसेका हुन्छन् । उनले १०० भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन् । तर उनका केहि फिल्म आज सम्म पनि रिलिज भएको छैनन् ।

अहमक
१९५५ मा मणिकोलले यस फिल्मको निर्देशन गरेका थिए । यसमा शाहरुख खान, अयुब खान, र मीता वशिष्ठले अभिनय गरेका थिए । यो मात्र पर्दामा मात्र रिलिज गर्न बाँकी थियो । यो फिल्म सन् २०१५ मा मुम्बई फिल्म फेस्टिबलमा देखाइएको थियो ।

शिखर

यो फिल्म १९९५ मा शाहरुख र माधुरी दिक्षितको अभिनयमा बनेको थियो । तर आजसम्म पनि यो फिल्म रिलिज हुन सकेको छैन ।

किसि से दिल लगाके देखो

यो फिल्म १९९६मा बन्न शुरु भएको थियो । आयशा जुल्का र शाहरुखको अभिनय रहेको यो फिल्म आजसम्म रिलिज भएको छैन ।

रश्क

२००१ मा शाहरुख खानले यो फिल्म शुटिङ गरेका थिए । यसमा ऐश्वर्या राय बच्चन र जूही चावलाको समेत अभिनय रहेको थियो । तर आजसम्म पनि यो फिल्म रिलिज हुन सकेको छैन ।

एक्सट्रीम सिटी

यो फिल्म शाहरुख खानको शलिउड फिल्म थियो । यसको शूटिङ उनले सन् २०११ मा गरेका थिए । उनको यो फिल्म पनि हालसम्म रिलिज भएको छेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?