नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर ७४.१ प्रतिशत

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा कोरोना संक्रमण मुक्तहुनेको संख्या ३ हजार १ सय ७८ पुगेको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमण मुक्तहुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ । यो कुल संक्रमणको ७४.१ प्रतिशत हो । यसैबिच नेपालमा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १६८ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको छ । नेपालमा कुल संक्रमित मध्ये ७४।१ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९३२ रहेको छ । काठमाडौं उपत्यकामा आज थप ९७ जना महिला र १५५ जना पुरुष गरि कुल २५२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३२ हजार ४६४ रहेको छ भने भेन्टिलेटरमा ७१ जना उपचाररत छन् ।

त्यस्तै आइसीयूमा उपचाररत संक्रमितको संख्या २८१ रहेको छ । आज नेपालमा कुल २ हजार ७२५ जनाको आरटीपीसीआर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?