काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १६८ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको छ । नेपालमा कुल संक्रमित मध्ये ७४.१ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९३२ रहेको छ । काठमाडौं उपत्यकामा आज थप ९७ जना महिला र १५५ जना पुरुष गरि कुल २५२ जना संक्रमित थपिएका छन् ।
त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३२ हजार ४६४ रहेको छ भने भेन्टिलेटरमा ७१ जना उपचाररत छन् ।
त्यस्तै आइसीयूमा उपचाररत संक्रमितको संख्या २८१ रहेको छ । आज नेपालमा कुल २ हजार ७२५ जनाको आरटीपीसीआर भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया