महाराजगञ्जस्थित सडकमा पार्किङ गरेर राखेको मोटरसाइकलमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका ३ महाराजगञ्जस्थित सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

सडकमा पार्किङ गरी राखेको बा ८४ प ५६४० नम्बरको मोटरसाइकलमा प्रदेश ३ ०२ ०१४ प ९७९८ नम्बरको स्कुटर ठोक्किएर सोमवार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परेर स्कुटर चालक बुढानिलकण्ठ नगरपालिका २ चपली बस्ने ४५ वर्षीय सन्दिप गिरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?