बेवारिसे अवस्थामा पेस्तोल बरामद

बर्दिया । गुलरिया नगरपालिका-१ खैरापुरस्थित सडक किनारमा वेवारिसे अबस्थामा रहेको मेड इन इटाली लेखिएको १ थान पेस्तोल मंगलवार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी खैरापुर (ख) बर्दियाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?