काठमाडौं । ११ कार्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ ।
भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड १९ को संक्रमण भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।
साथै पत्रमा भट्टराईले केही अघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रसंशा पनि गरिएको छ ।
भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया