१३ आश्विन २०८०, शनिवार

प्रहरीको चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट अभियान

२०७४,आश्विन,११,बुधबार १४:४६

0
Shares

चितवन, ११ असोज – राजधानी काठमाडौँ र बाहिरी जिल्लाबाट दशैँ मान्न घर जाने यात्रुलाई मध्यनजर गर्दै यहाँ प्रहरीले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट विशेष अभियान शुरु गरेको छ ।देशको मध्यभाग भएकाले चितवन हुँदै ठूलो संख्यामा सवारीसाधन आवातजावत गर्ने गर्दछन् ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार चालकसँग नजिकै गएर प्रहरीले सडकको अवस्था, सडकमा आइपरेका समस्या सोध्ने गर्दछन् । जसका कारण चालकले मादक पदार्थ सेवन गरे नगरेको थाहा हुने गर्दछ भने लाइसेन्स भए नभएको थाहा हुने थापाले बताउनुभयो ।त्यसैगरी बसमा आरक्षण सिटमा आरक्षित व्यक्ति बसे नबसेको र बढी भाडा लिए नलिएको विषयमा यात्रुसँग सोधपुछ गरिने छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार काठमाडौँबाट आउने सवारीलाई भरतपुरको आँपटारीमा र पूर्वबाट आउने सवारीलाई भरतपुरकै गोन्द्राङमा जाँच गरिएको छ । बसपार्कमा यात्रु तान्ने, बढी भाडा लिनेजस्ता काम रोक्न नारायणगढको पोखरा बसपार्क, पुल्चोक र भरतपुरको केन्द्रीय बस टर्मिनलमा प्रहरी परिचालन गरिएको छ । दुवै बसपार्कमा एक जना नेपाल प्रहरी र एक जना ट्राफिक प्रहरी चौबीसै घण्टा रहने गरी यात्रु सहायता कक्ष सञ्चालन गरिएको पन्तले बताउनुभयो ।जिल्लालाई छ वटा भागमा विभाजन गरेर यहाँका बैंक, वित्तीय संस्था, सुनचाँदी लगायतका ठूला बजार क्षेत्रमा विशेष गस्तीको व्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १४:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०