पाकिस्तानमा विस्फोट : सातको मृत्यु, ११२ घाइते

लोकपथ संवाददाता
98
Shares
Pakistani rescue workers and police officers examine the site of bomb explosion in an Islamic seminary, in Peshawar, Pakistan, Tuesday, Oct. 27, 2020. A powerful bomb blast ripped through an Islamic seminary on the outskirts of the northwest Pakistani city of Peshawar on Tuesday morning, killing some students and wounding dozens others, police and a hospital spokesman said. (AP Photo/Muhammad Sajjad)

पेशावर । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मङ्गलबार बिहान भएको घटनामा परी अरु ११२ जना घाइते भएका छन् ।

स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मका बारेमा विशेष कक्षा सञ्चालन भइरहेका बेलामा विस्फोटन भएको हो । विस्फोटनमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी रहेको जनाइएको छ ।

घटनास्थलमा शङ्कास्पद झोला भेटिएको र घटनाका बारेमा पूर्ण अनुसन्धान शुरु गरिसकिएको प्रहरी अधिकृत वाक्वार अजिमले जानकारी दिए ।

विस्फोटनका कारण कक्षा सञ्चालन भइरहेको भवन र हल क्षतिग्रस्त भएको भिडियो पाकिस्तानी सञ्चारमाध्यमले देखाएका छन् । दृश्यमा घटनास्थल रगताम्य भएको पनि देखिएको समाचारमा जनाइएको छ ।

विस्फोटनका लागि पाँच किलो विस्फोटक पदार्थ प्रयोग गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । अस्पतालका अधिकारीहरुको मृतकको सङ्ख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

घटनामा परी केही शिक्षक र कर्मचारीसमेत घाइते भएको पाइएको छ । घाइते भएका विद्यार्थी अधिकांश २५ वर्षको हाराहारीका रहेका छन् । घाइते भएकामध्ये केही विद्यार्थी अफगानीसमेत रहेको जनाइएको छ ।

घटनालगत्तै अहिले अस्पतालमा घाइतेका आफन्त र शुभेच्छुकहरुको भीड लागेको छ । उनीहरुले घाइतेहरुको अवस्थाका बारेमा जानकारी माग्ने गरेको र भेट्न खोजेको चिकित्कसहरुले बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?