अभिनेत्री माल्वीमाथि हत्या प्रयास, पेटमा चक्कु प्रहार पछि अस्पताल भर्ना

काठमाडौं । बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि हत्याको प्रयास भएको छ ।

उनीमाथि हत्याको प्रयास भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । अहिले उनलाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ ।

माल्वी मल्होत्रा

उनको पेटमा एक व्यक्तिले चक्कु प्रहार गरेको बताइएको छ । उनको अनुहारलाई ‘टार्गेट’ बनाएर आक्रमण भएको थियो ।

उनको दुबै हातमा गम्भीर चोट लागेको छ । उनको शरीरका ३ स्थानमा गम्भीर चोट लागेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?