काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ ।
विगत वर्षहरुमा आयोजना गर्दै आएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम यस वर्षका लागि स्थगित गरेको बताएको हो ।
नेकपाले मंगलवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘बडादशैं २०७७, तिहार, नेपाल सम्वत् नव वर्ष– ११४१, छठ लगायतको शुभकामना व्यक्त गर्दै हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडादशैं २०७७, तिहार, नेपाल सम्वत् नव
वर्ष– ११४१, छठ लगायतका समस्त नेपालीहरूको चाडपर्वहरूका अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । हाम्रो पार्टीले नेपालीहरुका यी चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम महामारीका कारण यस वर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया