महानायक राजेश हमाल र नायिका पुष्पा लिम्बूको अभिनय रहेको ‘सम्झिएर जिन्दगी’ सार्वजनिक

भक्तपुर । चलचित्र निर्देशक मदन घिमिरेले दशैँका अवसरमा चेतनामूलक नेपाली गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक गरेका छन् ।

म्युजिक भिडियोमा घिमिरेको निर्देशन, गायक प्रमोद खरेलको स्वर तथा नायक राजेश हमाल र नायिका पुष्पा लिम्बूको अभिनय एवं सपना पुनका शब्द, देवकुमार चौधरीको सङ्गीत, अशोक राईको एरेन्ज र डम्बर राईको छायाङ्कन छ ।

आमाको माया, घर संसार, कस्तो साइनो, माया नमार, माया बसेछ, मनमा माया, जीवनदाता, दादागिरी, दोस्ती, मस्ती लगायत ३० चलचित्र र एक दर्जन म्युजिक भिडियोको निर्देशन गरेका घिमिरेले कोरोनाकै कारण बन्द नेपाली चलचित्र क्षेत्रको पहिचान स्थापित गर्न दशैँको मौकामा म्युजिक भिडियो सार्वजनिक गरिएको जानकारी दिए ।

सामाजिक कार्यमा समेत सक्रिय सूर्यविनायक नगरपालिका–७ गुण्डु निवासी घिमिरे हनुमन्ते सफाइ अभियानका विशेष दूतसमेत छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?