नेप्से बुधवार देखि पुनः सुचारु हुने

काठमाडौं । धितोपत्रको दोस्रो बजार भोलि अर्थात बुधवारदेखि पुनः नियमित खुल्ने भएको छ ।

नेपालीहरूको महान चाड दसैंको उपलक्ष्यमा गत शुक्रवारदेखि मंगलवारसम्म बिदा भएकोमा भोलिबाट भने धितोपत्रको दोस्रो बजार पुनः सञ्चालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ ।

धितोपत्रको दोस्रो बजार गत बिहीवारसम्म सञ्चालन भएकोमा अब बुधवारदेखि पुनः नियमित दोश्रो बजारमा कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?