७ महिना यता विपद्जन्य घटनामा ४६३ जनाको मृत्यु

काठमाडौं । बितेको ७ महिनाको अवधिमा विपद्का घटनाहरुमा ४६३ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अनुसार आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षाका कारण सो ४६३ जनाको मृत्यु भएको हो ।

यस्तै ७९ करोड ५७ लाख ९५ हजार ८१० रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ ।

प्राधिकरणका अनुसार आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षाका घटना २०४४ वटा भएको छ भने सो घटनामा बेपत्ता हुनेको संख्या १०१ रहेको छ । यस्तै ८०३ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?