इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेलाई कोरोना संक्रमण

काठमाडौं नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण भएको छ ।

कोरोना परीक्षणको क्रममा उनमा कोरोना पोजेटिभ पाइएको हो । उनमा कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनी घरैमा आइसोलेसनमा रहेका छन् ।

उनका गाडी चालकलाई समेत कोरोना संक्रमण देखिएको छ । यात्राका क्रममा कतैबाट संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

पाँडे नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत हुन् । राष्ट्र बैंकका क्याडर उनी राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी हुँदै हिमालयन बैंकको पनि प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?