बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म कोरोनाबाट ७७ को मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा उपचाररत धरानकै ५० वर्षीय पुरुषको मृत्यु भएसँगै हालसम्म सो अस्पतालमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

अस्पतालका अनुसार हाल कोरोना पोजेटिभ भएका २४ जना उपचाररत रहेका छन् ।

यस्तै आजसम्म भर्ना भएकामध्ये ८४० जना निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?