२०७७, ११ कार्तिक मंगलवार १२:१६

बलिउडलाई अर्को धक्का : सुपरस्टार नरेश कनोडियाको निधन


प्रकाशित मिति : २०७७, ११ कार्तिक मंगलवार १२:१६

काठमाडौं । गुजराती फिल्मका सुपरस्टार नरेश कनोडियाको कोरोना भाइरसका कारण निधन भएको छ ।

चार दिन यता अस्पतालमा भर्ना भएका उनको अहमदाबादको यूएन मेहता इन्स्टीट्यूटमा उपचारका क्रममा निधन भएको हो ।

उनको ७७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको निधनले गुजराती फिल्म इण्डस्ट्री शोकमग्न भएको छ ।

प्रतिक्रिया दिनुहोस