कस्तो छ बडादशैं पछिको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । नेपाली बजारमा मंगलवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४७ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४० रुपैयाँ ०५ पैसा तोकेको छ ।

मंगलवार यू.के पाउन्ड स्टर्लीङ १ को खरिददर १५३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५४ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३१४ रुपैयाँ २२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?