एकै परिवारका दुई बालकको शव पोखरीमा फेला

काठमाडौं । सिरहामा एकै परीवारका दुई बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ ।

नरहा गाउँ पालिका ३ खोरियाका गुलजार सेखका छोरा वर्ष १० को अनजार र वर्ष ८ का यहसानको शव सोमबार वेलुका गाउँ देखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा शव भेटिएको हो ।

घरबाट दिउसो ३ बजेदेखि हराईरहेका उनीहरुको खोजतलास गर्ने क्रममा दुवै दाजुभाईको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?