आईपीएलमा आज हैदराबाद र दिल्ली भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४७ औँ म्याचमा आज सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ ।

खेल साँझ पौने ८ बजे शुरु हुनेछ । हैदराबादलाई टुर्नामेण्टमा रहिराख्न यो म्याच जित्नैपर्ने हुन्छ । त्यस्तै दिल्ली यो म्याच जितेर प्लेअफमा आफ्नो स्थान सुरक्षित राख्न चाहान्छ ।

दिल्लीले हालसम्म ७ म्याच जितेको छ भने ४ म्याच हारेको छ । दिल्ली अंकतालिकाको दोश्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?