परशुरामले किन भाँचिदिए गणेशको दाँत ?

काठमाडौं । यो कुरा कमैलाई थाहा छ कि, भगवान परशुराम भगवान विष्णुको छैटौँ अवतार तथा आठ चिरिञ्जीविमध्येका एक हुन् ।

उनी अहिले पनि जीवित रहेको बताइन्छ । तर यो कुरा कमैलाई थाहा छ कि परशुरामले भगवान गणेशको दाँत भाँचिदिएका थिए ।

परशुरामको जन्म वैशाख मासमा भएको थियो । उनको जन्म सत्य र त्रेतायुग दुबैको सन्धीकाल मानिएको थियो ।

साथै भगवान शिवको परमभक्त परशुरामलाई न्यायका देवता मान्ने गरिन्छ ।
परशुरामले किन भाँचे भगवान गणेशको दाँत

भगवान परशुराम अत्याधिक क्रोधित स्वभावका थिए । पौराणिक कथाका अनुसार परशुराम एक दिन भगवान शिवको दर्शनका लागि कैलाश पर्वत गएका थिए ।

त्यसबेला त्यहाँ भगवान गणेशसँग उनको भेट भयो । गणेशले उनलाई महादेवसँग भेट गर्न जान दिएनन् । उनलाई ढोकामै रोके ।

तब क्रोधित भएर परशुरामले आफ्नो बलले हानेर गणेशको एक दाँत नै भाँचिदिए । त्यसपछि गणेशलाई एकदन्त भन्न थालिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?