आईपीएलमा प्लेअफबाट बाहिरियो धोनीको चेन्नई, धोनीकी श्रीमतीले लेखिन् इमोशनल स्टाटस

काठमाडौं । आईपीएलमा तीन पटकसम्म च्याम्पियन बनेको चेन्नई सुपरकिंग्स आईपीएल २०२० बाट बाहिरिएको छ ।

यो सीजनमा प्ले अफको रेसबाट बाहिरिने पहिलो टमि चेन्नई नै बनेको छ । चेन्नईले आईतवार रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ८ विकेटले हराएको थियो । तर त्यो भन्दा अगाडिको राजस्थान रोयल्ससँग्को म्याचमा ८ विकेटले हार व्यहोरेसँगै चेन्नईको सम्भावना सकिएको थियो ।

चेन्नईले यो सीजनका १२ म्याचमा ८ वटा म्याच हारेको छ । यसका साथै चेन्नईका कप्तान महेन्द्र सिंह धोनीकी श्रीमती साक्षीले सोसल मिडियामा एक इमोशनल पोस्ट गरेकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘यो खेलको भाग हो, केहिले जित्छन् त केहिले हार्छन्, तर तपाई त्यो बेला पनि विजेता हुनुहुन्थ्यो र आज पनि ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?