श्रीकृष्णको राधासँग किन भएन विवाह ? यस्ता छन् ५ कारण !

काठमाडौं । जब साँचो प्रेम र विश्वासको कुरा हुन्छ, तब सबैभन्दा पहिला भगवान श्रीकृष्ण र राधाको प्रेम जोडिन्छ ।

कसैको प्रेम बलियो बन्ने बित्तिकै हामी वाह कस्तो प्रेम राधा-कृष्णको जोडीजस्तो, यस्ता विभिन्न कुराहरु भन्ने गर्दछौँ ।

आज हामी तपाईलाई श्रीकृष्ण र राधाको प्रेम किन विवाहरुमा परिणत हुन सकेन भन्ने बारेमा जानकारी गराउनेछौँ ।

सायद यी  ४ कारणले श्रीकृष्ण र राधाको विवाह हुन सकेन

१. राधाले श्रीकृष्णसँग विवाह गर्न इन्कार गरेकी थिइन्

यस्तो पनि मान्यता छ कि, राधाले श्रीकृष्णसँग विवाह गर्न इन्कार गरेकी थिइन् । किनभने उनलाई लाग्थ्यो कि, उनी महलको जीवनका लागि बनेकी थिइनन् ।

उनी एक ग्वाली थिइन् । तर मानिसहरु श्रीकृष्णलाई कोहि राजकुमारीसँग विवाह भएको हेर्न चाहान्थे । श्रीकृष्णले राधालाई सम्झाउन धेरै कोशिस गरे तर राधा आफ्नो दृढताबाट पछि सरिनन् ।

२. समाजका कारण

भनिन्छ, सामाजिक नियमको दलदलमा फसेर राधा कृष्णको प्रेम कहानी अधुरो भएको थियो । उनीहरुको प्रेमका बीच पनि सामाजिक नियमले खलनायकको भुमिका खेल्यो ।

राधा र श्रीकृष्णलाई सामाजिक पृष्ठभूमीले उनीहरुको विवाहको अनुमति दिएन ।

३. श्रापका कारण हुन सकेन विवाह

व्रह्मवैवर्त पुराणका अनुसार पृथ्वीमा आउनु भन्दा अगाडि राधाको श्रीकृष्णकी सेविकासँग बहस भएको थियो ।

जसका कारण श्रीकृष्णकी सेविकालाई राधाले राक्षसरुपमा पैदा हुने श्राप दिइन् । श्रीदामाले पनि राधालाई उनी मानवरुपमा जन्मिएका बेला आफ्ना प्रियतमसँग १०० वर्षको लागि बिछोड हुने श्राप दिएकी थिइन् ।

४. प्रेम र विवाह दुई फरक कुरा

भनिन्छ, भगवान श्रीकृष्णले राधासँग यसकारण पनि विवाह गरेनन् कि, उनी यो साबित गर्न चाहान्थे, प्रेम र विविाह फरक कुरा हुन् ।

प्रेम एक निःस्वार्थ भावना हो भने विवाह एक सम्झौता हो वा अनुबन्ध हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?