शुभकार्य गर्दा र मानिस मर्दा किन बजाईन्छ शंख ?

काठमाडौं । घर परिवार तथा समाजमा पूजाआज,व्रतबन्ध,विवाह तथा शुभ कार्यमा हामी आफैँले शंख बजाएको वा बजेको पक्कैपनि सुनेका छौँ ।

शुभ कार्यमा मात्र होइन, मानिस मरिसकेपछि एकोहोरो शंख बजाउँदै आर्यघाटमा लैजाँदै गरेको हामी जो कोहीले देखेका छौँ । शंख किन बजाईन्छ ? यसको धार्मिक तथा वैज्ञानिक महत्वको बारेमा यस आज हामी जानकारी दिदैछौँ ।

भगवानहरुले पनि शंख बजाउनको लागि आ–आफ्नो शंकखको प्रयोग गर्दथे । भगवान् विष्णुको शंखलाई पाञ्चजन्य भनिन्छ । श्रीकृष्णलाई विष्णु भगवानको अवतार मानिन्छ ।

महाभारत तथा धार्मिक ग्रन्थहरुका अनुसार कृष्णसँग पाञ्चजन्य नामको शंख थियो । त्यसैगरी अर्जुनसँग देवदत्त,युधिष्ठिरसँग अनन्तविजय, भीमसँग पौंड्रक,नकुलसँग सुघोष तथा सहदेवसँग मणिपुष्पक नामका शंख थिए ।

यी पात्रबाहेक अरू सबैजसो योद्धाहरूसँग आआफ्नै शंख हुन्थे । ती सबै शंखको महत्व एवं शक्ति फरक–फरक थिए ।

शंखको शक्ति तथा चमत्कारको वर्णन महाभारत तथा पुराणहरूमा पाइन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश, कीर्ति एवं लक्ष्मीको प्रतीक मानिएको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने शंख नादको प्रतीक हो । शंख ध्वनिलाई शुभ मानिएको छ । हुनत प्राकृतिक रूपमा शंखका थुप्रै प्रकार हुन्छन् ।

ती मध्ये दक्षिणावृत्ति शंख,मध्यावृत्ति शंख तथा वामावृत्ति शंख मुख्य हुन् र यी शंखका पनि थुप्रै उपप्रकार हुन्छन् ।

शंख समुन्द्रमा पाईने जलचर (शंखेकिरा)ले बनाएको कडा आवरण हो । हिन्दु धर्ममा अति पवित्र मानिने शंख धर्मको प्रतिक हो ।

शुभ कार्य गर्दा बजाईने शंखले ध्वनी तथा वरिपरीको वातावरण शुद्ध पार्दछ भने वातावरणमा भएका किटाणुहरुको विनाश गरि अत्याधिक मात्रामा सकारात्मक उर्जा प्रवाह गर्दछ भन्ने कुरा ऋग्वेदमा उल्लेख गरिएको छ ।

मलामी जाँदा “एकोहोरो” शङ्ख बजाइन्छ जसले शरीरमा भएका किटाणु वातावरणमा नफैलियोस् र वातावरणमा भएका किटाणुहरुबाट मृत शरीरमा आक्रमण हुन नदिनको लागि शङ्ख बजाइन्छ ।

अझ शङ्खको एकोहोरो ध्वनिले धेरै मात्रामा प्रभाव गर्ने भएकोले एकोहोरो शङ्ख बजाइन्छ ।

शङ्ख बजाउनाले मुटु,श्वास–प्रश्वास,पेटसम्बन्धी रोगहरु लाग्दैन । घरको वास्तु दोष ठीक गर्छ ।

चिना तथा कुण्डलीमा बृहस्पती ग्रह निष्कृय वा कमजोर छ भने दैनिक पूजा गरि शंख बजाउनाले बलियो हुन्छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?