डब्ल्यूएचओले सरकारहरुलाई गर्‍यो यस्तो अपील !

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्धको लडाईंमा हार नखान सरकारहरूलाई अपील गरेको छ।

संक्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ।

तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको हो।

अमेरिकामा अहिलेसम्मकै दैनिक सर्वाधिक कोरोनाभाइरस संक्रमण पुष्टि

स्पेनमा देशव्यापी सङ्कटकाल घोषणा, रातभर कर्फ्यू

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाईं देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?