काशगार शहरका ४७ लाख मानिसको कोरोना परीक्षण गर्दै चीन

काठमाडौं । सिन्जियाङ्ग प्रान्तमा देखिएको महामारीबीच चिनियाँ सरकारले फेरि एउटा शहरका पूरै मानिसहरूमा कोरोना भाइरसको परीक्षण गर्ने भएको छ ।

काशगार शहरमा करिब ४७ लाख मानिसहरूको परीक्षण गरिँदैछ। अहिलेसम्म लक्षण नदेखिएका १३८ संक्रमित फेला परेका छन्।

संक्रमणको दर घटाउन समग्रमा चीन सफल देखिएको छ। तर स(सानो संख्यामा संक्रमण फैलिने क्रम जारी छ। सिन्जियाङ्गमा मूलतः मुस्लिम उइगर अल्पसंख्यक बस्छन् जसलाई बेइजिङ्गस्थित सरकारले प्रताडित गर्ने गरेको मानव अधिकारवादी समूहहरूले आरोप लगाउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?