बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना रुपन्देहीका रहेका छन् ।

अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको गएराती र वुटवल १३ का ५२ वर्षीय पुरुषको आज बिहान ६ बजे कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् ।

डा. गौतमका अनुसार तिलोत्तमाकी महिलाको पिसिआर रिर्पोट हिजो बिहान १० बजे पोजेटिभ आएपछि हिजो नै अस्पताल भर्ना भएकी गयराती मृत्यु भएको हो ।

यस्तै बुटवलका पुरुष भने कार्तिक ७ गते रिर्पोट पोजेटिभ आएपछि त्यहि दिन अस्पताल भर्ना भएका थिए । दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?