अमेरिकामा बढे कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख ६४ हजार ४९९ जनाको मृत्यु भएको छ भने ४ करोड ३७ लाख ७४ हजार ९१९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड २१ लाख ७८ हजार ७४७ जना संक्रमण मुक्त भएका छन् भने ७९ हजार ३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा हालसम्म २ लाख ३१ हजार ४५ जनाको मृत्यु भएको छ भने ८९ लाख ६२ हजार ७८३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५८ लाख ३३ हजार ८२४ जना संक्रमण मुक्त भएका छन् भने २८ लाख ९७ हजार ९१४ जना उपचाररत छन् ।

त्यस्तै १६ हजार ६११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा १८ हजार ११८ जनाको मृत्यु भएको छ भने ९ लाख २० हजार ४५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ९ लाख ११ हजार ८२३ जनलाई संक्रमण भएको छ भने १७ हजार ४०० जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ७ लाख ८२ हजार १३ जनालाई संक्रमण भएको छ भने १६ हजार ४५७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सोमवार मात्रै ६९ हजार ८४१ जना संक्रमित थपिएका छन् भने ५२९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?