भारतमा जुलाई २० यताकै सबैभन्दा कम संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख ६४ हजार ४९९ जनाको मृत्यु भएको छ भने ४ करोड ३७ लाख ७४ हजार ९१९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड २१ लाख ७८ हजार ७४७ जना संक्रमण मुक्त भएका छन् भने ७९ हजार ३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा १ लाख १९ हजार ५३५ जनाको मृत्यु भएको छ भने ७९ लाख ४५ हजार ८८८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७१ लाख ९८ हजार ७१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६ लाख २७ हजार ६३८ जनाको उपचार भईरहेको छ ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा सोमवार मात्रै ३६हजार ८३८ जना संक्रमित थपिएका छन् ।

यो संख्या जुलाई २० यताकै सबैभन्दा कम हो । त्यस्तै सोमवार भारतमा ५०५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?