भारतीय क्रिकेट टीमको उपकप्तानको जिम्मा लोकेश राहुललाई, रोहित र ईशान्त अटाएनन्

काठमाडौं । बीसीसीआर्य दे अस्ट्रेलिया भ्रमणका लागि आज भारतीय राष्ट्रिय क्रिकेट टीमको घोषणा गरेको छ । वन डे र टी २० मा घाईते रोहित शर्माको ठाउँमा लोकेश राहुललाई उपकप्तानको जिम्मा दिइएको छ ।

त्यस्तै टि २० मा ऋषभ पन्तको स्थानमा सञ्जू स्यामसनलार्य विकेट किपरको जिम्मा दिइएको छ । त्यस्तै टी २० र वन डेमा मयंक अग्रवाललाई पहिलो पटक टीममा सामेल गराइएको छ। आईपीएलमा दिल्लीविरुद्ध ५ विकेट लिएका वरुण चक्रवर्ती पनि टीममा परेका छन् । वन डेमा हार्दिक पाण्डेले भने लामो समयपछि कम ब्याक गरेका छन् ।

टी २० टीममा विराट कोहली (कप्तान), शिखर धवन, केएल राहुल, (उपकप्तान, विकेट किपर) मयंक अग्रवाल, श्रेयस अय्यर, मनिष पाण्डे, हार्दिक पाण्डे, सञ्जू स्यामसन (विकेटकिपर), रविन्द्र जडेजा, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप स्यानी, दीपक चाहर र वरुण चक्रवती छन् ।

त्यस्तै वन डेमा विराट कोहली (कप्तान), शुभमन गिल, शिखर धवन, केएल राहुल (उपकप्तान, विकेट किपर), मनिष पाण्डे, श्रेयस अय्यर, हार्दिक पाण्डे, मयंक अग्रवाल, रविन्द्र जडेजा,युजवेन्द्र चहल, कुलदिप यालव, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप स्यानी र शार्दुल ठाकुर रहेका छन् ।

त्यस्तै टेस्ट टीममा विराट कोहली (कप्तान), मयंक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजारा, पृथ्वी शा, अंजिक्य रहाणे (उपकप्तान), हनुमा बिहारी, शुभमन गिल, ऋद्धिमान शाह (विकेटकिपर), ऋषभ पन्त (विकेट किपर), आर अश्विन, रविन्द्र जडेजा, कुलदिप यादव, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप स्यानी, उमेश यादव र मोहम्मद सिराज छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?