कैदीबन्दीको दशैँ : कारागारमै टीका

लमजुङ । लमजुङको बेँसीशहरस्थित जिल्ला कारागारका कैदीबन्दीले कोरोनाको त्रासका बीच कारागारमै टीका लगाएर दशैँ मनाएका छन् ।

आज विजयदशमीका दिन कारागारमा रहेका सबैभन्दा बढी उमेरका कैदी ६५ वर्षीय रेखबहादुर थापा क्षेत्रीको हातबाट सबै कैदीबन्दीले साइतमै टीका लगाएका थिए । कोरोना त्रासका कारण कारागारमा विगतमा जस्तो आफन्तहरुलाई टीका लगाउन आउन नदिइएको कारागारका जेलर्स विष्णुप्रसाद पौडेलले बताए ।

विसं. २०२८ मा स्थापित सो कारागारमा हाल ८१ जना कैदीबन्दी छन् । यीमध्ये ७५ पुरुष र ६ महिला छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?