धरानमा थप एक संक्रमितको मृत्यु

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी–४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्राध्यापक डा आशिष श्रेष्ठका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका उनलाई यही कात्तिक ७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको स्वास्थ्यमा समस्या भएपछि आइतवार नै अस्पताल भर्ना गरिएको थियो । यससँगै प्रतिष्ठानमा संक्रमितको मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?