२०७७, १० कार्तिक सोमबार १८:४२

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख १५ हजार भन्दा धेरै


प्रकाशित मिति : २०७७, १० कार्तिक सोमबार १८:४२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख १५ हजार ६७५ पुगेको छ ।

यसैबीच नेपालमा आज थप १ हजार ७४१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृतकको संख्या ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ । नेपालमा हाल २ हजार ९६९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस