आज थपिए १ हजार ७४१ जना कोरोना संक्रमित कतिको भयो मृत्यु ?

काठमाडौं । नेपालमा आज थप १ हजार ७४१ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृतकको संख्या ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ जना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ । नेपालमा हाल २ हजार ९६९ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?