चाँडै कोरोना भाइरसलाई जित्ने छौँ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने र आगामी दशैँ सदाझैंँ हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गर्दै बडादशैँका उपलक्ष्यमा सबैमा पुनः शुभकामना दिएकाी छन् ।

आज अपराह्न ट्वीट गर्दै उनले कोभिड–१९ महामारीका कारण सबै आफन्तजन र आमनागरिकसँग दशैँ मनाउन सम्भव नभएको र आफूले आमाका हातबाट आशीर्वाद थाप्नाका साथै छोरी–ज्वाइँ एवं नातिनीहरूलाई टीका प्रदान गरेको उल्लेख गरेकी छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?