को थिए धनुर्धर एकलव्य ? यस्तो छ रोचक पाटो !

काठमाडौं । महान योद्धा तथा धनुर्धर एकलव्य महाभारतमा नलडे पनि महाभारतमा उनको चर्चा धेरै भएको छ ।

सायदै मानिसलाई धनुर्धर एकलव्यको बारेमा थाहा छ । त्यसैले आज हामी तपाईलाई एकलव्य को थिए भन्ने बारेमा जानकारी दिन्छौँ ।

एकलव्य द्रोणाचार्यका महान शिष्य मध्येका एक थिए । महाभारतका नायक अर्जुनलाई सबैभन्दा अचुक धनुर्धर मानिन्छ तर एकलव्यका अगाडि उनी पनि फिक्का थिए ।

को थिए एकलव्य ?

एकलव्य एक भीलपुत्रको नामबाट परिचित थिए । उनका पिता हिरण्यधनु एक शिकारी थिए । एकलव्य पनि आफ्ना पितासँगै जंगलमानै बस्दथे ।

शिकारीको छोरा भएको कारण उनको धनुर्वाणमा एकदमै रुची थियो । उनी सानै देखि एक धुरन्धर धनुर्धारी बन्न चाहन्थे ।

एकलव्यको धनुर्विद्या देखेर पुलक मुनी पनि अचम्मित भएका थिए । त्यसपछि उनले एकलव्यका पितासँग गएर बाटो देखाइयो भने एकलव्य महान धनुर्धर बन्न सक्ने बताएका थिए ।

द्रोणाचार्यले एकलव्यलाई धनुर्विद्या सिकाउन गरे इन्कार

पुलक मुनीले भनेपछि धनुर्विद्या सिक्न हिरण्यधनु आफ्ना छोरालाई लिएर द्रोणाचार्य कहाँ पुगे । त्यहाँ द्रोणाचार्यले उनको अपमान गरे ।

उनी अपमानित भएपछि जंगल फर्किए तर उनले आफ्नो छोरालाई द्रोणाचार्यको सेवक बनाएर राखे ।

राजकुमार भएपनि सेवक बनेर बसे एकलव्य

द्रोणाचार्य जब आफ्ना शिष्यलाई अस्त्र शस्त्रको विद्या सिकाउँथे त्यो बेला एकलव्य पनि त्यहाँ लुकेर द्रोणाचार्यका सबै कुरा सुन्थे । उनी आफ्नो क्षेत्रका राजकुमार भएपनि त्यहाँ सेव कबनेर बसेका थिए ।

एकलव्यले बनाए द्रोणाचार्यको माटोको प्रतिमा

द्रोणाचार्यले एकलव्यलाई जब नियम तोडेको भन्दै सेवकको कामबाट पनि निकालिदिए । त्यसपछि उनले जंगलमै बसेर द्रोणाचार्यको एक माटोको प्रतिमा बनाउँदै त्यस अगाडि अभ्यास गर्न शुरु गरेका थिए ।

द्रोणले अर्जुनलाई दिए वचन

समय बित्दै गएपछि एकलव्य सहित पाण्डव तथा कौरव जवान हुँदै गए ।

द्रोणाचार्यले अर्जुनलाई सानैमा अर्जुन भन्दा राम्रो धनुर्धर संसारमै कोहि नहुने वचन दिएका थिए । तर एक दिन द्रोणाचार्य र अर्जुन दुबैले जंगलमा एकलव्यले चलाएको धनुषबाट त्यो गलत साबित हुनपुग्यो ।

द्रोणाचार्यलाई औँला मिल्यो गुरुदक्षिणा

एकलव्यले माटोको प्रतिमा बनाएर आफ्नो गुरु मानेका कारण गुरु दक्षिणास्वरुप द्रोणाचार्यलाई आफ्नो औँला काटेर चढाएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?