भगवान श्रीकृष्णको मृत्यु कसरी भयो ? यस्तो छ रहस्य !

काठमाडौं । महाभारत युद्धको गाथा कसलाई थाहा नहोला ? युद्ध समाप्त भएपछि जब युधिष्ठिरको राज्यतिलक हुनै लागेको थियो त्यो बेलाकौरवहरुकी माता गान्धारी त्यहाँ उपस्थित भएर श्रीकृष्णलाई सबै कुराको दोष लगाउँदै श्राप दिएकी थिइन् ।

उनले भगवान श्रीकृष्णलाई कौरवहरुको जसरी एकआपसमा दाजुभाई लडेर मृत्यु भयो त्यसरी नै यदुवंशको पनि नाश होस् भन्ने श्राप दिएकी थिइन् । त्यसपछि श्रीकृष्ण त्यहाँको सबै काम सकेर द्वारिका आएका थिए ।

त्यहाँ महाभारतको युद्धलाई लिएर विभिन्न बहर शुरु भयो । त्यसैमा केहि विवादित विषयहरु उठे र मतभेद हुन लाग्यो ।

सात्यकी र कृतवर्माको बीचमा विवाद उत्पन्न भएपछि सात्यकीले रिसमा आएर कृतवर्माको शिर काटिदिए । त्यसपछि एक आपसमा युद्ध शुरु भयो र यदुवंशहरुको बीचमा संहारको स्थिती आयो ।

कसरी भयो यदुवंशको नाश ?

यो भीषण लडाईमा श्रीकृष्णका पुत्र प्रद्युम्न र उनका मित्र सात्यकी समेत सबै यदुवंशी मरेका थिए । लडाईमा बब्रु र दारुक मात्र बचेका थिए । जसले यदुवंशलाई अगाडि बढाएका थिए ।

कसरी भयो भगवान श्रीकृष्णको मृत्यु ?

 

श्रीकृष्णले द्वारिलाई आफ्नो निवास स्थान बनाएका थिए । साथै उनले सोमनाथको नजिक प्रभास क्षेत्रमा देह त्यागेका थिए ।

उनी त्यहि क्षेत्रमा आफ्नो कुलको विनाश भएको देखेर चिन्तित थिए । त्यो समय देखि उनी त्यहिँ बस्न थालेका थिए ।

एक दिन एक वृक्षको मुनि उनी आराम गरिरहेका थिए । त्यहि बेला उनलाई एक शिकारीले हरीण सम्झिएर वाण हाने ।

त्यो वाण सिदै श्रीकृष्णको खुट्टामा लाग्यो । त्यहि सानो कुरालाई लिएर श्रीकृष्णले प्राण त्यागेका थिए ।

श्रीकृष्णलाई शिकारीले नै किन मारे ?

पौराणिक मान्यताका अनुसार भगवान विष्णुले त्रेता युगमा रामको अवतार लिएर बालीलाई लुकेर मारेका थिए ।

कृष्णावतारमा विष्णुले त्यशि बालीलाई जरा नामक शिकारीको रुपमा जन्म दिएर उसकै हातबाट आफ्नो मृत्यु गर्ने निश्चय गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?