काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले विश्व्मा ११ लाख ५९ हजार ९ जनाको मृत्यु भएको छ भने ४ करोड ३३ लाख २८ हजार ३४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ९ लाख ६३६ जना संक्रमण मुक्त भएका छन् भने ७७ हजार ७४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा अहिलेसम्म २ लाख ३० हजार ५१० जनाको मृत्यु भएको छ भने ८८ लाख ८९ हजार १७९ जनालाई संक्रमण भएको छ । त्यस्तै ५७ लाख ७२ हजार ४९८ जना संक्रमण मुक्त भएका छन् भने २८ लाख ८६ हजार १७१ जना उपचाररत छन् । त्यस्तै १६ हजार ३७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको टेक्सासमा १८ हजार ६६ जनाको मृत्यु भएको छ भने ९ लाख १३ हजार ४९४ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा १७ हजार ३५७ जनाको मृत्यु भएको छ भने ९ लाख ७ हजार ४३६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा १६ हजार ४३८ जनाको मृत्यु भएको छ भने ७ लाख ७८ हजार ६३६ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा आईतवार मात्रै ६० हजार ८८९ जनालाई संक्रमण भएको छ भने ४४२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया