काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले विश्व्मा ११ लाख ५९ हजार ९ जनाको मृत्यु भएको छ भने ४ करोड ३३ लाख २८ हजार ३४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ९ लाख ६३६ जना संक्रमण मुक्त भएका छन् भने ७७ हजार ७४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा अहिलेसम्म १ लाख १९ हजार ३० जनाको मृत्यु भएको छ भने ७९ लाख ९ हजार ५० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७१ लाख ३३ हजार ९९४ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ५६ हजार २६ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा आईतवार ४५ हजार १५८ जना संक्रमित थपिएका छन् ।
यो संख्या जुलाई २१ यताकै सबैभन्दा कम हो । त्यस्तै भारतमा आईतवार ४६३ जनाको मृत्यु भएको छ । योसंख्या भारतमा जुलाई २ यताकै सबैभन्दा कमको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया