नेगेटिभ रिपोर्ट आएपछि मृत्यु

डोटी । कोरोनाको उपचार गरी रिपोर्ट नेगेटिभ आएपछि दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा निवासी कर्णबहादुर भण्डारीको अन्य समस्याका कारण मृत्यु भएको छ ।

जोरायल गाउँपालिका स्थायी घर भएका भण्डारी दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्लामा जेभी आयल स्टोर नामक पेट्रोल पम्प सञ्चालन गर्दै आएका थिए ।

अकस्मात बिरामी भएपछि उनलाई केही दिन पहिले प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि लगिएको थियो । उनको फोक्सोलगायत अङ्गमा निकै समस्या रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उपचारका क्रममा उनमा निमोसियासँगै कोरोना संक्रमण देखिएपछि आइसियुमा राखेर उपचार गराइएको थियो ।

वडाध्यक्षलाई कोरोना

केआइसिंह गाउँपालिका १ का वडाध्यक्ष कृष्णबहादुर बमलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनको डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा कोरोना संक्रमण देखिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए ।

कोरोना संक्रमित वडाअध्यक्ष बम क्वारेन्टाइन व्यवस्थापनदेखि लिएर भारतबाट फर्किएका आफ्ना गाउँपालिकाका नागरिकको व्यवस्थापनमा खटिएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?