कप्तान रोहित शर्मा बिनै मैदान उत्रियो मुम्बई, टस जितेर थाल्यो ब्याटिङ

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४५ औँ म्याचमा राजस्थान रोयस्ल र मुम्बई इण्डियन्सबीच खेल भईरहेको छ ।

मुम्बईले टस जितेर ब्याटिङ रोजेसँगै राजस्थान बलिङमा उत्रिएको छ । म्याचमा आज पनि मुम्बईका कप्तान रोहित शर्मा टीममा छैनन् ।

उनको ठाउँमा किरोना पोलार्डले कप्तानी सम्हालेका छन् । साथै टीममा नाथन कुल्टर नाइलको ठाउँमा जेम्स प्याटिन्सनलाई राखिएको छ । त्यस्तै राजस्थानले भने टीममा कुनै परिवर्तन गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?