काठमाडौंका सडक सुनसान बनेका छन् ।
कोरोना संक्रमणको जोखिम सँगै नजिकिएको दशैंमा पनि सडक सुनसान देखिए ।
उपत्यकाभित्र गुडिरहने सवारीसाधनहरु फाट्टफुट्ट देखिएपनि मुख्य चोकहरु तीनकुने, नयाँ बानेश्वर, माइतिघर, त्रिपुरेश्वर, रत्नपार्क क्षेत्रमा गाडिको आवागमन नगन्य नै थियो । उपत्यकामा संक्रमणको जोखिम बढेसँगै बाहिरिएकाहरु फर्किएका छैनन भने उपत्यका भित्र रहेकाहरु पनि घरबाहिर निस्किएनन् ।
अघिल्ला वर्षहरु जस्तै दशैं उल्लाहसमय नभएपनि महत्वपूर्ण चाड र सरकारले नै सार्वजनिक विदा दिएका कारण अन्य पर्वहरुको भन्दा दशैंको महत्व अलग्गै रहन्छ । यसैलेपनि दशैं मनाईरहेका काठमाडौंबासि सडकमा आएनन् ।
सडकमा सुरक्षा निकायका गाडी, आकस्मिक सेवाका गाडि, र आफ्नो अत्यावस्यक कामले हिडेका बाहेक अन्य गाडिहरु देखिएका छैनन् ।
दशैंको मुख्य दिनहरु सप्तमी, अष्ठमी, नवमी र टिकाका लागि सुरक्षा निकायले लागू गरेको सुरक्षा नीति अनुसार सडकमा सुरक्षाकर्मीको उपस्थिति भने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया